FAQs Complain Problems

वार्ड नं २

इलाम जिल्लाको दक्षिणी भागमा रहेको स्थानिय तह माई नगरपालिकाको केन्द्र भगमा अवस्थित साविक दानाबारी गाविसको  वडा नं. १ बाट माई नगरपालिका वडा नं.२ मा रुपान्तरण गरिएको यो वडा समुन्द्री सतहबाट अनुमानित १५७ देखि १७७  मि. उचाईमा रहेको छ | पूर्वमा माई नगरपालिका ४ र अर्जुधारा नगरपालिका झापा, पश्चिममा माई खोला ( माई नगरपालिका ८), उत्तरमा माई नगरपालिका ३ / ४  र दक्षिणमा कन्काई नगरपालिका झापाले सिमाना बाँधेको वडा नं. दुईको आफ्नै विशेषता रहेको छ | यस वडाको कुल क्षेत्रफल ३६.११ वर्ग कि.मि.रहेको छ भने  ७९४ घरधुरीमा ३१२५ जना जनसंख्या रहेको छ । अधिकतम लिम्बू, क्षेत्रिबाहुन, राई, तामाङ्ग, मगर,कामी र दमाई जातिको बाहुल्यता  रहेको यस वडामा कुमाल, माझि, दनुवार, जोगि जस्ता जातजातिको पनि बसोबास रहेको छ | हिन्दु, किरात, बौद्ध, इसाइ, प्रेमपथ जस्ता बहु धर्म मान्ने मानिसहरुले स्थानीय रूपमा मनाउने मुख्य मुख्य चाडपर्वहरुमा दशै तिहार, उधौली उभौली, लोसार, क्रिसमस आदि पर्दछन् | आफ्नै रितिरिवाज, संस्कृति, भाषा, भेषभुसा रहेको यस वडाका अधिकांस मानिसहरु कृषि पेशामा आबद्ध रहेका छन भने केहि मात्रामा व्यपार व्यवसाय, वैदेशिक रोजगार र सरकारी तथा गैरसरकारी संस्थामा रोजगारी जस्ता पेशामा समेत आबद्ध रहेका छन । यस वडाका कृषि पेशामा आश्रित  मानिसहरूको आम्दानीको मुख्य श्रोत सुपारी, केरा, अदुवा, अम्लिसो, तोरी, आलु, वाँस खेति, पन्छिपालन, पशुपालन, मत्स्यपालन, माहुरीपालन, आदि हुन भने कफि, चिया, सुपारी खेति, बाँस खेति, पशुपन्छि पालन जस्ता कृषिजन्य बस्तुहरुको उत्पादनको प्रबल सम्भावना समेत देख्न सकिन्छ । यसका अलावा खाद्यान्नमा धान, मकै, कोदो, फपर आदि  फलफुल जन्यमा आँप, अम्बा, लिचि, केरा, भुईकटहर, रूख कटहर, दारिम, कागति, ज्यामिर, भोगटे, आरू,आदि  सागसब्जी तरकारीजन्यामा रायो साग, पालुङ्गे कोपि, टमाटर, घिरौला, करेला, भिण्डि, काक्रा, बोडि, सिमि, बैगुन, धनिया, लसुन, प्याज आदि तेलहन/दलहन जन्यमा तोरी, आलस, फिलुङ्गे, तिल, भटमास, मासको दाल, मस्याम, राजमा, चना, मटर, रहरी, मुसुरी, खेसरी, मुग आदि पशुजन्य उत्पादनमा दुध, दही, मही, मखन, मासु यहाँका प्रमुख उत्पादन हुन् |  ७०% सडक सुबिधा पुगेको यस वडामा १% पक्कि सडक रहेको छ भने , ९५% जनताको घरमा बिजुली,  २०% जनताको घरमा स्वच्छ खानेपानीको सुबिधा पुगेको छ | शिवपोखरी र झण्डिडाँडा शिवालय जस्ता ठाउँ यहाँको धार्मिक पर्यटकीय स्थल हुन् भने ह्याप्पिलेण्ड चेप्टि, चिलिमकोट चिया वगान, शिवपोखरी र पुर्वेझोडा (झण्डिडाँडा) जस्ता ठाँउहरु आन्तरिक लगायत बाह्य पर्यटनलाई आकर्षण गर्न सक्ने ठाउँहरु हुन | पालिकामा भएका मध्ये ५ वटा सामुदायिक वन रहेको यस वडामा  साल, चिलाउने, करम, साहाज, सादन, सतिसाल, छतिवन, सिमल, कदम, लसुने, विलाउने, धगेरो, टाँटरी, हर्रा, बर्रा, अमला, गुएलो, जमुना, फडिर, कुसुम, लटहर, सिदुरे, टुनि, कुम्भि, भलायो, टाँटरी, खिर्रो, आदि जस्ता रुखहरु पाइन्छ भने हर्रो, बर्रो, अमला, बोझो, गुर।जो, सिकारी लहरा, कुरिलो, छतिवन, चाङमरुवा, दतिवन, पिप्ला, टोटला, सिस्नो, जेठीमधु, अभिजालो, घोडताप्रे, लाजिमे, खरेटेझार आदि जस्ता औसधिजन्य वनस्पतिको सहि उपयोग गर्न सके आम्दानीको राम्रो श्रोत हुनेमा दुइमत रहन सक्दैन |अधिकांश चुरे क्षेत्र रहेको यस वडामा  माईखोला, गरुवाखोला, ढालापानीखोला, दहिझोडाखोला, चेप्टिखोला, नेप्टिखोला, पुर्वेखोला, बहुला खोल्सि, जरायोखोला  जस्ता खोला, छहराले  वर्खा याममा कहिले काहीं क्षति समेत गर्ने गरेको छ | ३१२५ जना जनसंख्या रहेको यस वडामा २ वटा मावि, ३ वटा आवि.र  २ वटा निजि गरि जम्मा ७ वटा विद्यालयरहेका  छन् | माई नगरपालिका वडा नं. २ मा रहेको  श्री दानाबारी स्वास्थ्य चौकी तथा बोहोरे तलामा निर्माणाधिन स्वास्थ्य इकाइमा सामान्य रोगहरुको उपचार र वर्थिङ्ग सेन्टरमा डेलिभरी गराउने  जस्ता उपचार गरिन्छ भने  यस भन्दा माथिको उपचार गर्नु परेमा माई नगरमा रहेको माई अस्पतालमा उपचार हुन नसके अथवा सुविधासम्पन्न अस्पतालको  पहुचका लागि  छिमेकी जिल्ला झापामा रहेका विभिन्न अस्पतालमा जाने गरेको पाइन्छ |

 

समावेश गाविस         : दानावारी(१)

क्षेत्रफल(वर्ग कि.मी.)   : ३६.११

वडाध्यक्ष                   :  उर्द बहादुर राई (९८४०७३१५३२)

वडा सदस्य : कुन्ता देवी पाण्डे (9804910357)

वडा सदस्य : कुमारी दर्जी (9808518874)

वडा सदस्य : ज्ञान बहादुर कटुवाल (9862633573)

वडा सदस्य:  रत्न बहादुर अधिकारी (9852681276)

 

वडा सचिव                       :   बिष्णु प्रसाद कट्टेल    (९८५२६३२४१६)           

वडा का.स.                       : मनिका रसाइली (९८१६९५८६७३)

Population: 
३१२५
Ward Contact Number: 
9844640176