FAQs Complain Problems

वार्ड नं ६

माई नगरपालिकाको उत्तर भेगमा अवस्थित साविक महमाई गाविसको  वडा नं. १,२,३ र ४ मिलेर बनेको माई नगरपालिका वडा नं. ६, समुन्द्री सतहबाट अनुमानित २०० देखि २३०  मि. उचाईमा रहेको छ | पूर्वमा माई नगरपालिका १, पश्चिममा चुलाचुली गाउँपालिका उत्तरमा माङसेबुङ गाउँपालिका र देउमाई नगरपालिका र दक्षिणमा माई नगरपालिका वडा नं. ७ संग सिमाना बाँधेको वडा नं. ६ को आफ्नै विशेषता रहेको छ | अधिकतम लिम्बू, राई जातिको बाहुल्यता रहेको यस वडामा क्षेत्री ब्राम्हण, मगर, गिरी, कामी, दमाई जातजातिको पनि बसोबास रहेको छ | हिन्दु, किरात, इसाई, बौद्ध धर्म मनाउने यहाँका स्थानीयको मुख्य चाडपर्वहरुमा दशैँ, तिहार, उधौली, उभौली, माघे सक्रान्ती पर्दछन् | आफ्नै रिति,संस्कृति,भाषा, भेषभूसा रहेको यस वडाका अधिकांस जनता कृषि पेशामा आबद्द छन् भने केहि मात्रामा ब्यावसायी, नोकरी जस्ता पेशामा समेत आबद्द देख्न सकिन्छ | कृषि पेशामा आधारित यस वडाको आम्दानीको मुख्य श्रोत धान, मकै, कोदो, सुपारी, अदुवा, केरा, दाल आदि हो भने कागती, खोर्सानी, टमाटर जस्ता चिजहरुको उत्पादनको प्रबल सम्भावना समेत देख्न सकिन्छ  | यसका अलावा खाद्यान्नमा धान, मकै, कोदो फलफुल जन्यमा आँप, लिची, कटहर, केरा, सागसब्जी जन्यमा रायोसाग, तोरीको साग, टमाटर, खोर्सानी, आलु, तेलहन/दलहन जन्यमा तोरी पशुजन्य उत्पादनमा गाई, भैँसी, बाख्रा, सुङ्गुर यहाँका प्रमुख उत्पादन हुन् | ७०% सडक सुबिधा पुगेको यस वडामा पक्कि सडक छैन भने, ८०% जनताको घरमा बिजुली, ५% जनताको घरमा स्वच्छ खानेपानीको सुबिधा पुगेको छ | फुलुङ्गी, ढिकिटार, कोइलादेन जस्ता ठाउँ यहाँको धार्मिक पर्यटकीय स्थल हुन् भने फुलुङ्गी, ढिकिटार, कोइलादेन, झोलुङ्गे पुल जस्ता ठाउहरु आन्तरिक लगायत बाह्य पर्यटनलाई आकर्षण गर्न सक्ने ठाउँहरु हुन् | पालिकामा भएका मध्ये ५ वटा सामुदायिक वन रहेको यस वडामा सखुवा, सिमल, करम, लामपाते आदि जस्ता रुखहरु पाइन्छ भने हर्रा, बर्रा, कुरिलो, अमला आदि जस्ता औसधिजन्य वनस्पतिको सहि उपयोग गर्न सके आम्दानीको राम्रो श्रोत हुनेमा दुइमत रहन सक्दैन |अधिकांस चुरे क्षेत्र रहेको यस वडामा  छिवा, रिखुवा, मागुना, सेतिखहरे, माईखोला जस्ता खोला, छहराले  वर्खा कहिलेकाहीं क्षति समेत गर्ने गरेको छ | ३२८६ जनसंख्या रहेको यस वडामा १ वटा मावि, ४ वटा आवि.र २ वटा निजि गरि जम्मा ७ वटा विद्यालयरहेका  छन् | यस वडामा रहेको सामुदायिक स्वास्थ्य संस्थामा सामान्य उपचार गरिन्छन् भने  यस भन्दा माथिको उपचार गर्नु परेमा माई नगरमा रहेको माई अस्पताल अथवा छिमेकी जिल्ला झापामा रहेका विभिन्न अस्पतालमा स्थानीय जाने गरेको पाइन्छ ।

समावेश गाविस         : महमाई(१-४)

जनसंख्या                  :  ३२८६

क्षेत्रफल(वर्ग कि.मी.)   : २८.६६

वडाध्यक्ष                   :  खड्ग सुन्दर योङहाङ्ग लिम्बु  (९८१७९२६४९३)

सचिव                       :  रमेश गिरि    (9842712018)           

का.स.                       :    समिर योङ्हाङ लिम्वु (9816097910)

 

Population: 
३२८६
Ward Contact Number: 
9842712018