FAQs Complain Problems

वार्ड नं ५

माई नगरपालिकाको उत्तर पूर्वी भेगमा अवस्थित साविक लक्ष्मीपूर गाविसको वडा नं. ५ र दानाबारी गाविसको  वडा नं. ४ मिलेर बनेको माई नगरपालिका वडा नं. ५ , समुन्द्री सतहबाट ३८० देखि ७०० मि. उचाईमा रहेको छ | पूर्वमा टाङ्टिङ् खोला( रोङ गाउँपालिका वडा नं. २ र अर्जुनधारा नगरपालिका वडा नं. २), पश्चिममा माई नगरपालिका वडा नं. ३ र १० उत्तरमा सुर्योदय नगरपालिका वडा नं. १४ र दक्षिणमा माई नगरपालिका वडा नं. ४ र अर्जुनधारा नगरपालिका वडा नं. २ संग सिमाना बाँधेको वडा नं. ५ को आफ्नै विशेषता रहेको छ | अधिकतम राई, लिम्बु, मगर, जातिको बाहुल्यता  रहेको यस वडामा तामाङ्ग, क्षेत्री, बाम्ह्रण, कामी, दमाई, गुरुङ्ग जातजातिको पनि बसोबास रहेको छ | किराँत, हिन्दु, इसाई, बौद्ध, जस्मनी, कविर पन्थी धर्म मनाउने यहाँका स्थानीयको मुख्य चाडपर्वहरुमा दशैँ, तिहार, चासोक तङ्नाम, उधौली, उभौली, क्रिसमस, ल्होछार पर्दछन् | आफ्नै रिति, संस्कृति, भाषा, भेषभूसा रहेको यस वडाका अधिकांस जनता कृषि पेशामा आबद्द छन् भने केहि मात्रामा व्यापार, बैदेशिक रोजगारी, नोकरी जस्ता पेशामा समेत आबद्द देख्न सकिन्छ | कृषि पेशामा आधारित यस वडाको आम्दानीको मुख्य श्रोत सुपारी, केरा, दाल, अम्लिसो, अदुवा, बाँस हो भने अलैचीँ, कागती, टमाटर, आलुजस्ता चिजहरुको उत्पादनको प्रबल सम्भावना समेत देख्न सकिन्छ  | यसका अलावा खाद्यान्नमा धान, मकै, कोदो फलफुल जन्यमा आँप, नरिवल, लिची, कटहर, अम्बा, अनार, भुईकटहर, नास्पती सागसब्जी जन्यमा रायो साग, तोरीसाग, इस्कुस, फर्सी, लौका, आलु, टमाटर, प्याज, कोपी, खोर्सानी, तिते बि, करेला, बैगुन, तेलहन/ दलहन जन्यमा तोरी, भटमास, दाल, सिमी दाल, फिलिङ्गो, केराउ पशुजन्य उत्पादनमा मासु, दुध, दही यहाँका प्रमुख उत्पादन हुन् |  ८५ % सडक सुबिधा पुगेको यस वडामा  पक्कि सडक छैन भने , ९६ % जनताको घरमा बिजुली,  ४५% जनताको घरमा स्वच्छ खानेपानीको सुबिधा पुगेको छ | शिवचरन कमलविन्दु धाम, कविर सत्संद्य भवन, किराँत माङ्हिम, शिव पाञ्चायन झर्ना मन्दिर, किराँत राई यायोख्खा खिम जस्ता ठाउँ यहाँको धार्मिक स्थल हुन् भने धोन्त्रे गुफा र छुरे पर्यापर्यटनको हाङ्मा चुली जस्ता पर्यटकीय ठाउहरुले आन्तरिक लगायत बाह्य पर्यटनलाई आकर्षण गर्न सक्ने ठाउँहरु हुन् | पालिकामा भएका मध्ये ६ वटा सामुदायिक वन रहेको यस वडामा  साल, सत्तिसाल, चिलाउने, करम, चाँप, भलायो, साज, सादन, खराने, लाम्पाते, दबदबे, बकैना,धगेरो,सिमल,कुसुम,जमुना जस्ता  रुखहरु पाइन्छ भने हर्रा, बर्रा, अमला, तुलसी, अबिजालो, कुरिलो, जस्ता औसधिजन्य वनस्पतिको सहि उपयोग गर्न सके आम्दानीको राम्रो श्रोत हुनेमा दुइमत रहन सक्दैन |अधिकांस चुरे क्षेत्र रहेको यस वडामा  टाङटिङ् खोला, कालीखोला, थाक्लेखोला, जस्ता खोला, छहराले  वर्खा याममा आउने काहीं क्षति समेत गर्ने गरेको छ |४२५१ जनसंख्या रहेको यस वडामा १ वटा मावि, ८ वटा आवि र ३ वटा निजि गरि जम्मा १२ वटा विद्यालय रहेका  छन् | माई नगरपालिका वडा नं. ५ खर्बनी मा रहेको  श्री खर्बनी सामुदायिक स्वास्थ्य इकाईमा सामान्य उपचार गरिन्छ भने  यस भन्दा माथिको उपचार गर्नु परेमा माई नगरमा रहेको माई अस्पताल अथवा छिमेकी जिल्ला झापामा रहेका विभिन्न अस्पतालमा स्थानीय जाने गरेको पाइन्छ |

समावेश गाविस         : दानावारी (४) र लक्ष्मीपुर(५)

जनसंख्या                  :  ४१६०

क्षेत्रफल(वर्ग कि.मी.)   : २२.२६

वडाध्यक्ष                   :  भुपेन्द्र पूर्वछाने मगर (९८१५९५७६४४)

सचिव                       :  .........................................     

का.स.                       :    अस्मिता  राई (९८१५०८४२८२)

Ward Contact Number: 
९८१५९५७६४४