FAQs Complain Problems

वार्ड नं ९

माई नगरपालिकाको उत्तरी भेगमा अवस्थित साविक चिसापानी गाविसको  वडा नं. १,२,३,४ र ९ मिलेर बनेको माई नगरपालिका वडा नं. ९ , समुन्द्री सतहबाट अनुमानित २३५ देखि ८७२  मि. उचाईमा रहेको छ | पूर्वमा माई नगरपालिका वडा नं. १० , पश्चिममा ईलाम नगरपालिका वडा नं. १० र ईलाम नगरपालिका वडा नं. ११ , उत्तरमा ईलाम नगरपालिका वडा नं. १०  र दक्षिणमा माई नगरपालिका वडा नं. ३ र माई नगरपालिका वडा नं. १ संग सिमाना बाँधेको वडा नं. ९ को  आफ्नै विशेषता रहेको छ | अधिकतम लिम्बु, तामाङ , राई, मगर क्षेत्री ब्राम्हण जातिको बाहुल्यता  रहेको यस वडामा किसान , उराऊ  , शेर्पा  ,गूरुङ , नेवार  जातजातिको पनि बसोबास रहेको छ | हिन्दु , किरात , बौध . ईसाइ, कविर , धर्म मनाउने यहाँका स्थानीयको मुख्य चाडपर्वहरुमा दशै , तिहार, ल्होसार , उधौलि उभौलि , छठ , क्रिशमस, तिज  पर्दछन् | आफ्नै रिति,संस्कृति,भाषा, भेषभूसा रहेको यस वडाका अधिकांस जनता कृषी पेशामा आबद्द छन् भने केहि मात्रामा ब्यापार ,व्यबसाय, नोकरी जस्ता पेशामा समेत आबद्द देख्न सकिन्छ | कृषि पेशामा आधारित यस वडाको आम्दानीको मुख्य श्रोत अम्लिसो, अदुवा , सुपारी , दाल , चिया हो भने नरीवाल , आँप , लिचि, कटहर , कागती, टमटर, आलु,  अकवरे खुर्सानी जस्ता चिजहरुको उत्पादनको प्रबल सम्भावना समेत देख्न सकिन्छ  | यसका अलावा खाद्यान्नमा धान , मकै , कोदो, फापर, गहू , फलफुल जन्यमा अनार, कागती , केरा , आरु नास्पती आँप सागसब्जी जन्यामा रायो , तोरि , मुला , तेलहन/दलहन जन्यमा तोरी , सर्स्यू,  दाल पशुजन्य उत्पादनमा मासु , दुध, दही, घ्यू , छुर्पी यहाँका प्रमुख उत्पादन हुन् |   मुख्य, शाखा तथा कृषी सडक गरी करीव ८० % सडक सुबिधा पुगेको यस वडामा पक्कि सडक भने हाल सम्म बनिसकेको छैन भने  करीव ९८ % जनताको घरमा बिजुली,  ६०% जनताको घरमा स्वच्छ खानेपानीको सुबिधा पुगेको छ | साकेला थान , गुनमुने टार ,गणेश पञ्चायण मन्दिर , राँगापानी गुम्बा, विभिन्न चर्चहरु जस्ता ठाउँ यहाँको धार्मिक पर्यटकीय स्थल हुन् भने सोक्तिम चिया कमान , गुनमुने टार , सानिमा हाईड्रो ड्याम , साकेला थान डाडा , तेह्रकुने सिमसार, जस्ता ठाउहरु आन्तरिक लगायत बाह्य पर्यटनलाई आकर्षण गर्न सक्ने ठाउँहरु हुन् | पालिकामा भएका मध्ये ६ वटा सामुदायिक वन रहेको यस वडामा साल, सत्तिसाल, खयर, चिलाउने ,कटुस ,सादन, सिमल ,लामपाते ,साज ,गोकुल, मैना काठ, चिउरी ,कुटमेरो ,रातो सिरीस, कदम, रुद्राक्ष ,वडहर , टिक ,लावर    जस्ता रुखहरु पाइन्छ भने हर्रा, वर्रा, अमला, वोजो, तुलसी, तितेपाती, कुरीलो, अविजालो, सिकारी लहरा, पिप्ला, रीठ्ठा, घुलेत्रो, पानी अमला ,गुर्जो, पाङग्रा जस्ता औसधिजन्य वनस्पतिको सहि उपयोग गर्न सके आम्दानीको राम्रो श्रोत हुनेमा दुइमत रहन सक्दैन |अधिकांश चुरे क्षेत्र रहेको यस वडामा माई खोला , लोदिया खोला , कर्फोक खोला , अधेरी खोला  जस्ता खोला, छहराले  वर्खा याममा आउने काहीं क्षति समेत गर्ने गरेको छ |  करिब २७००  जनसंख्या रहेको यस वडामा १ वटा मावि, ३ वटा आवि.र  १ वटा निजि गरि जम्मा ५ वटा विद्यालय रहेका  छन् | यस वडाको चिसापानीमा रहेको श्री चिसापानी स्वास्थ्य चौकी/वर्थिङ सेन्टरमा नर्मल डेलिभरी, सामान्य ज्वरो रुघा खोकीको उपचार लगायत  खोप कार्यक्रम ,परीवार नियोजन सम्बन्धि कार्यक्रम , ल्याव सेवा , क्षयरोग DOTS सेवा, गर्भपतन सेवा तथा प्रथमिक उपचार जस्ता उपचार गरिन्छन् भने  यस भन्दा माथिको उपचार गर्नु परेमा माई नगरमा रहेको माई अस्पताल अथवा ईलाम जिल्ला अस्पताल तथा छिमेकी जिल्ला झापामा रहेका विभिन्न अस्पतालमा स्थानीय जाने गरेको पाइन्छ |

समावेश गाविस         : चिसापानी(१-४,९)

जनसंख्या                  :  २६९२

क्षेत्रफल(वर्ग कि.मी.)   : १९.५६

वडाध्यक्ष                   :  लिला कुमार राई (९८०७९९६३८४)

सचिव                       :   सन्दिप राई (9801866050)        

का.स.                       :    

 

Ward Contact Number: 
9807914544