FAQs Complain Problems

"हाम्रो नगर हाम्रो गाउँ सबै वालवालिकालाई विद्यालय पुर्याऔं"

Read More

घटना दर्ता तालिमको केहि झलक

Read More

माई नगरपालिका महमाई वडा नं. ७

Read More

माई नगरपालिका कार्यपालिकाको कार्यालय

Read More

माई नगरपालिकाको छोटो परिचय

गाउँपालिका तथा नगरपालिकाको संख्या तथा सिमाना निर्धारण गरि नेपाल सरकारले राजपत्रमा प्रकाशित गरेको विवरण आनुसार , दानाबारी , चिसापानी , महमाई गा. वि . स र लक्षिम्पुर वडा नं – ५ मिलाएर बनेको माई नगरपालिका प्रदेश नं १ को ईलाम जिल्ला अन्तर्गत पर्दछ । २४६.११ वर्ग कि.मि क्षेत्रफलमा फैलिएको माई नगरपालिकामा हाल १० वटा वडा रहेका छन् । भौगोलिक हिसाबले माई नगरपालिका २६ डिग्री ४५ मिनेट उत्तरी अक्षांस र ८७ डिग्री ५२ मिनेट पुर्बी देशान्तरमा अवस्थित छ । ३२५७६ जनसंख्या रहेको माई नगरपालिका क्षेत्रफलको आधारमा ईलाम जिल्लाको दोश्रो ठुलो स्थानीय तह/नगरपालिका हो भने जनसंख्याको हिसाबले सबै भन्दा कम जनसंख्या भएको नगरपालिका हो ।

यो नगरपालिका पूर्वमा सुर्योदय नगरपालिका र रोंग गाउँपालिका , पश्चिममा मांसेबुंग र चुलाचुली गाउँपालिका , उत्तरमा ईलाम र देउमाई नगरपालिका तथा दक्षिणमा झापा जिल्लाका अर्जुनधारा , कन्काई र शिवसताक्षी नगरपालिकाको बीचमा चुरे क्षेत्रमा अवस्थित रहेको छ र हाल माई नगरपालिका वडा नं -२ शितलीलाई नगरपालिकाको केन्द्रको रुपमा तोकिएको छ । बहुजातीय , बहुधार्मिक , बहुसांस्कृतिक , बहुभाषिक जनताहरुको बसोबास रहेको भएतापनि विविधतामा एकता यस नगरपालिकाको गहनाको रुपमा रहेको छ । धान , केरा र मासु उत्पादनको लागि ईलाम जिल्लाको पकेट क्षेत्रको रुपमा पहिचान बनाएको यस नगरपालिकामा चिया खेति पनि उल्लेख्य रुपमा रहेको छ । जिल्लामा सबै भन्दा बढी सामुदायिक बन रहेको माई नगरपालिका प्रबल पर्यटकीय सम्भावना रहेको क्षेत्र पनि हो ।

Pages

जन प्रतिनिधि

नगर प्रमुख
नगर उप प्रमुख

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
शिक्षा अधिकृत
सूचना तथा संचार प्रविधि अधिकृत
इन्जिनियर

सेवाहरु

सेवा प्रकारः- उपभोक्ता समितिको खाता खोल्ने सिफारिस
सेवा समयः- तुरुन्तै
जिम्मेवार अधिकारीः- योजना शाखा र कार्यालय प्रमुख
सेवा दिने कार्यालयः- नगरपालिका
सेवा शुल्कः- नपाको सानिमा बैंक स्थित माई नपाको संचित कोष खाता नं. 0520000000601 मा जम्मा गरिएको रु. ५०० को भौचर
आवश्यक कागजातहरुः-

१. खाता खोल्ने निवेदन (निवेदनको ढांचा वेबसाइट तथा नपामा उपलब्ध )

२. उपभोक्ता समितिद्वारा खाता खोल्ने निर्णय माइनुट फोटोकपी

३. उपभोक्ता समिति दर्ता हुन चाहिने विधान जसमा उ.स.को छाप लागेको र सबै उ.स. सदस्यको हस्ताक्षर तल र माथि गरि दुइ ठाउँमा भएको हुनु पर्ने 

४. खाता खोल्न निर्णय गरिएका व्यक्तिको नागरिकताको फोटोकपि (बुझिने गरि ) 

सेवा प्रकारः- मृत्यु दर्ता (Death Registration)
सेवा समयः- तुरुन्तै
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी (सम्बन्धित फाँटवाला कर्मचारी)
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क , ३५ दिन कटेमा रु. ५०
आवश्यक कागजातहरुः-

१. मृतकको नागरिकताको प्रमाणपत्र
२. सुचकको नागरिकता प्रमाणपत्र

सेवा प्रकारः- विवाह दर्ता (Marriage Registration)
सेवा समयः- तुरुन्तै
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी (सम्बन्धित फाँटवाला कर्मचारी)
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क , ३५ दिन कटेमा रु. ५०
आवश्यक कागजातहरुः-

१. पति पत्नीको सक्कल नागरिकता प्रमाण पत्र
२. पति पत्नीको पासपोर्ट साइजको फोटो

सेवा प्रकारः- बसाइसराइ (Migration)
सेवा समयः- तुरुन्तै
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी (सम्बन्धित फाँटवाला कर्मचारी)
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क , ३५ दिन कटेमा रु. ५०
आवश्यक कागजातहरुः-

१. परिवारको मुख्य सदस्य सूचक भइ निवेदन पत्र (३५ दिन भित्र)
२. बसाइ सरि जाने-आउनेको नागरिकता प्रमाण पत्र / जन्म दर्ता प्रमाण पत्र
३. बसाइ सरि आउनेको हकमा बसाइसराइ आएको प्रमाणपत्रको प्रतिलिपि

जानकारी