समाचार
शाखाहरू
प्रशासन तथा जनशक्ति विकास: नगरपालिकाको दैनिक प्रशासनिक कार्य, कार्यालयको कर्मचारी प्रशासन, जनशक्ति व्यवस्थापनको जिम्मेवारी।
राजस्व / स्रोत परिचालन, संघ/संस्था उद्योग, पर्यटन, वन तथा वातावरण शाखा: स्थानीय राजस्व संकलन, प्राकृतिक स्रोतको परिचालन, पर्यटन प्रवर्द्धन र वातावरण संरक्षण सम्बन्धी कार्यहरू।
स्वास्थ्य शाखा: सार्वजनिक स्वास्थ्य सेवाको पहुँच विस्तार, खोप कार्यक्रम र स्वास्थ्य संस्थाहरूको व्यवस्थापन।
आर्थिक प्रशासन शाखा: बजेट तर्जुमा, खर्च व्यवस्थापन र आर्थिक प्रशासन सम्बन्धी कार्य।
कृषि विकास शाखा: स्थानीय किसानहरूलाई प्राविधिक सहयोग, बीउ-बिजन र अनुदान सम्बन्धी कार्य।
पशु सेवा शाखा: पशुपालन, स्वास्थ्य र नस्ल सुधार सम्बन्धी सेवा प्रदान गर्ने।
कानून, सामाजिक समावेशीकरण तथा पञ्जीकरण शाखा: कानूनी परामर्श दिने, लक्षित वर्गको उत्थान गर्ने र व्यक्तिगत घटना दर्ता एवं पञ्जीकरणका सम्बन्धी काम गर्न।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा: लक्षित वर्गको उत्थान र सामाजिक सुरक्षा सम्बन्धी कार्य।
शिक्षा, युवा तथा खेलकुद विकास शाखा: शैक्षिक व्यवस्थापनका साथै युवा परिचालन र खेलकुद विकास सम्बन्धी कार्य।
रोजगार सेवा केन्द्र: राष्ट्रिय रोजगार प्रबर्द्धन कार्यक्रम सञ्चालन र स्थानीय स्तरमा रोजगारीका अवसरहरूको व्यवस्थापन।
योजना, अनुगमन तथा मूल्याङ्कन शाखा: विकास निर्माणका योजनाहरू तर्जुमा गर्ने, तिनको कार्यान्वयनको अनुगमन गर्ने र प्रगतिको मूल्याङ्कन।
पूर्वाधार विकास तथा विपद् व्यवस्थापन शाखा: सडक, भवन निर्माण र पूर्वाधारको प्राविधिक पक्ष एवं भवन संहिता पालना र विपद्को समयमा उद्धार तथा व्यवस्थापनको कार्य ।
आन्तरीक लेखापरीक्षण शाखा: कार्यालयको वित्तीय प्रणालीलाई पारदर्शी बनाउन नियमित रूपमा आन्तरिक लेखापरीक्षण सम्बन्धी कार्य गर्ने।
सूचना प्रविधि तथा तथ्याङ्क व्यवस्थापन शाखा: डिजिटल सेवा प्रवाह, वेबसाइट व्यवस्थापन र तथ्याङ्क संकलन।
वडा कार्यालय: वडा तहका प्रशासनिक सेवा, सिफारिस र स्थानीय विकास योजनाहरूको कार्यान्वयन।