FAQs Complain Problems

वार्ड नं ४

माई नगरपालिकाको पुर्वी भेगमा अवस्थित साविक दानाबारी गाविस वडा न.२ र  वडा नं. ३ मिलेर बनेको माई नगरपालिका वडा नं. ४, समुन्द्री सतहबाट अनुमानित  १५५ देखि १८५  मि. उचाईमा रहेको छ | पूर्वमा झापा अर्जुनधारा नगरपालिका, पश्चिममा, माई नगरपालिका वडा न.२ उत्तरमा माई नगरपालिका वडा न.३ र दक्षिणमा माई नगरपालिका वडा न.२ संग सिमाना बाँधेको वडा नं ४ आफ्नै विशेषता रहेको छ | अधिकतम लिम्बु जातिको बाहुल्यता  रहेको यस वडामा राई, मगर, क्षेत्री, बाहुन, तामाङ, गुरुङ, दलित अन्तर्गतको जातजातिको पनि बसोबास रहेको छ | हिन्दु, किरात, इसाई, बौध धर्म मनाउने यहाँका स्थानीयको मुख्य चाडपर्वहरुमा दशै, तिहार, छठ, उधौली, उभौली, माघे संक्राती, तिज पर्दछन् | आफ्नै रिति, संस्कृति, भाषा, भेषभूसा रहेको यस वडाका अधिकांस जनता कृषी पेशामा आबद्द छन् भने केहि मात्रामा व्यवसाय, निजी तथा सरकारी सेवामा, बैदेशिक रोजगार, जस्ता पेशामा समेत आबद्द देख्न सकिन्छ | कृषि पेशामा आधारित यस वडाको आम्दानीको मुख्य श्रोत धान,अदुवा, मकै, सुपारी, कुचो, केरा, हो भने नरीवल, भुईकटर,कागती जस्ता चिजहरुको उत्पादनको प्रबल सम्भावना समेत देख्न सकिन्छ  | यसका अलावा खाद्यान्नमा धान, मकै, कोदो, फलफुल जन्यमा केरा सागसब्जी जन्यमा करेला, फर्सी, बन्दाकोपी, काक्रा, भिन्डी तेलहन/दलहन जन्यमा तोरी, कालो दाल पशुजन्य उत्पादनमा रागाँ,  बाख्रा, सुंगुर,  कुखुरा ,गाँई यहाँका प्रमुख उत्पादन हुन् |  ९० % सडक सुबिधा पुगेको यस वडामा १०% पक्कि सडक रहेको छ भने  , ९७ % जनताको घरमा बिजुली,   २५% जनताको घरमा स्वच्छ खानेपानीको सुबिधा पुगेको छ | दुर्गा मन्दिर, माङ्हिम, माङ्खिम, मोक्षश्वर शिवालय, बौध गुम्बा, चर्ज, जस्ता ठाउँ यहाँको धार्मिक पर्यटकीय स्थल हुन् भने सुखानी सहादत स्थल, साततले सिरसिरे डाँडाँ, साततले गिटिडाँडाँ, जस्ता ठाउँहरु आन्तरिक लगायत बाह्य पर्यटनलाई आकर्षण गर्न सक्ने ठाउँहरु हुन् | पालिकामा भएका मध्ये ४ वटा सामुदायिक वन रहेको यस वडामा  सखुवा, चिलाउने, हर्रो, बर्रो, सिसौ ,करम ,बोट धगेरो ,साज, गायो जस्ता रुखहरु पाइन्छ भने हर्रो, बर्रो, जेठी मदु, अमला, अमारो, गुर्जो , सिकारी लहरो, जस्ता औसधिजन्य वनस्पतिको सहि उपयोग गर्न सके आम्दानीको राम्रो श्रोत हुनेमा दुइमत रहन सक्दैन | अधिकांस चुरे क्षेत्र रहेको यस वडामा  ढालापानी, गरुवा, सुखानी, गंगटे, ठुलो ज्वाली, सानो ज्वाली, बुढी सुखानी, कालीखोला जस्ता खोला रहेका छन् भने   वर्खा याममा आउने बाढीले कहिले काहीं क्षति समेत गर्ने गरेको छ | ९९५ घर परिवार सङ्ख्या ३,६५१ जनसंख्या रहेको यस वडामा १ वटा मावि (निजी), ४ वटा आवि.र १ वटा नि.मा.वि. निजि गरि जम्मा ६ वटा विद्यालयरहेका  छन् | यस वडामा रहेको  श्री आधारभुत स्वास्थ्य केन्द्र कट्टेलटार साथै निजी क्लिनिक स्वास्थ्य संस्थामा ज्वरो ,खोकी ,रुगाँ मर्की, सामान्य स्वास्थ्य समस्याको उपचार गरिन्छ भने  यस भन्दा माथिको उपचार गर्नु परेमा माई नगरमा रहेको अस्पताल  अथवा छिमेकी जिल्ला झापामा रहेका विभिन्न अस्पतालमा स्थानीय जाने गरेको पाइन्छ |

 

समावेश गाविस         : दानावारी(२,३)

जनसंख्या                  :  ३३२४

क्षेत्रफल(वर्ग कि.मी.)   : २०.२५

वडाध्यक्ष                   :  हेम बहादुर लायो मगर (९८१४०१४००३)

सचिव                       :   सविना राई (9842736559)

का.स.                       : बासु देव भट्टराई (9817080978)

Ward Contact Number: 
9817080978