FAQs Complain Problems

"हाम्रो नगर हाम्रो गाउँ सबै वालवालिकालाई विद्यालय पुर्याऔं"

Read More

माई नगरपालिका कार्यालय

Read More

माई नगरपालिका महमाई वडा नं. ७

Read More

माई नगरपालिका कार्यपालिकाको कार्यालय

Read More

आठौँ नगरासभा २०७७ माघ ९

Read More

माई नगरपालिकाको छोटो परिचय

गाउँपालिका तथा नगरपालिकाको संख्या तथा सिमाना निर्धारण गरि नेपाल सरकारले राजपत्रमा प्रकाशित गरेको विवरण आनुसार , दानाबारी , चिसापानी , महमाई गा. वि . स र लक्षिम्पुर वडा नं – ५ मिलाएर बनेको माई नगरपालिका प्रदेश नं १ को ईलाम जिल्ला अन्तर्गत पर्दछ । २६४.०९ वर्ग कि.मि क्षेत्रफलमा फैलिएको माई नगरपालिकामा हाल १० वटा वडा रहेका छन् । भौगोलिक हिसाबले माई नगरपालिका २६ डिग्री ४५ मिनेट उत्तरी अक्षांस र ८७ डिग्री ५२ मिनेट पुर्बी देशान्तरमा अवस्थित छ । ३२५७६ जनसंख्या रहेको माई नगरपालिका क्षेत्रफलको आधारमा ईलाम जिल्लाको दोश्रो ठुलो स्थानीय तह/नगरपालिका हो भने जनसंख्याको हिसाबले सबै भन्दा कम जनसंख्या भएको नगरपालिका हो ।

यो नगरपालिका पूर्वमा सुर्योदय नगरपालिका र रोंग गाउँपालिका , पश्चिममा मांसेबुंग र चुलाचुली गाउँपालिका , उत्तरमा ईलाम र देउमाई नगरपालिका तथा दक्षिणमा झापा जिल्लाका अर्जुनधारा , कन्काई र शिवसताक्षी नगरपालिकाको बीचमा चुरे क्षेत्रमा अवस्थित रहेको छ र हाल माई नगरपालिका वडा नं -२ शितलीलाई नगरपालिकाको केन्द्रको रुपमा तोकिएको छ । बहुजातीय , बहुधार्मिक , बहुसांस्कृतिक , बहुभाषिक जनताहरुको बसोबास रहेको भएतापनि विविधतामा एकता यस नगरपालिकाको गहनाको रुपमा रहेको छ । धान , केरा र मासु उत्पादनको लागि ईलाम जिल्लाको पकेट क्षेत्रको रुपमा पहिचान बनाएको यस नगरपालिकामा चिया खेति पनि उल्लेख्य रुपमा रहेको छ । जिल्लामा सबै भन्दा बढी सामुदायिक बन रहेको माई नगरपालिका प्रबल पर्यटकीय सम्भावना रहेको क्षेत्र पनि हो ।

Pages

जन प्रतिनिधि

नगर प्रमुख
नगर उप प्रमुख

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
लेखा अधिकृत
अधिकृतस्तर छैठौं
इन्जिनियर

महत्वपुर्ण लिंकहरु