समाचार
माई नगरपालिका अन्तर्गतका सामुदायिक वन उपभोक्ता समुहसंग सामुदायिक वन विकास कार्यक्रम विषयक अन्तरक्रिया कार्यक्रम
मिति २०८० वैशाख १८ गते यस माई नगरपालिका सितलिमा अवस्थित रेडक्रस भवनमा, माई नगरपालिकाको आयोजनामा "माई नगरपालिका अन्तर्गतका सामुदायिक वन उपभोक्ता समुहसंग सामुदायिक वन विकास कार्यक्रम विषयक अन्तरक्रिया कार्यक्रम" भव्यताका साथ सम्पन्न भयो |
निमन्त्रणा गरिएका माई नगरपालिका भित्रका ६४ वटा सामुदायिक वन बाट पदाधिकारीको समेत उल्लेख्य उपस्थिति रह्यो | माई नगरपालिकाको वन वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक तथा वडा नं. ४ का वडाध्यक्ष श्री हेम लाह्यो मगर ज्यू को अध्यक्षतामा सुरु भएको कार्यक्रममा, कार्यक्रमका अध्यक्ष, प्रमुख अतिथि नगर प्रमुख श्री खम्बा सिं लिम्बु, विशिष्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत श्री महेन्द्र विश्वकर्मा,अतिथि : माई सब डिभिजन बन कार्यालयका कार्यालय प्रमुख टेकेन्द्र विष्ट, सामुदायिक वन उपभोक्ता महासंघ माई नगर कार्य समिति अध्यक्ष श्री देवी प्रसाद नेपाल, सामुदायिक वन उपभोक्ता महासंघ माई नगर कार्य समिति सचिव श्री पवित्रा बुर्जा मगर, सामुदायिक वन उपभोक्ता महासंघ इलामका पुर्व अध्यक्ष श्री रेश बहादुर कटुवाल लगायतले सामुदायिक वनका पदाधिकारीले राख्नु भएको जिज्ञासामा आफ्नो विचार राख्दै कार्यक्रमको विषयवस्तु केन्द्रित मन्तव्य दिनु भएको थियो |
कार्यक्रममा सामुदायिक वनका फाइदा, विद्यमान समस्या/चुनौती, समस्या समाधानका उपाय, भावी योजनाहरु, नगरपालिका संगको समन्वय, सामुदायिक वन सम्बन्धि ऐन/कानुन/नियम/निर्देशिका नीतिगत व्यवस्था लगायत आउदो दिनमा कसरि सामुदायिक वनलाई बढी भन्दा बढी सक्रिय बनाएर बनको संरक्षण र वृद्धि गर्दै सदुपयोग गर्न सकिन्छ भन्ने विषयमा गहन अन्तरक्रिया भयो |