समाचार
वार्ड नं १
माई नगरपालिकाको पश्चिम भेगमा अवस्थित साविक दानावारी गाविसको वडा नं. ८ र ९ मिलेर बनेको यस माई नगरपालिका वडा नं. १, समुन्द्री सतहबाट लगभग २०० देखि २३३.५ मि. उचाईमा अवस्थित छ | पूर्वमा माई नगरपालिका वडा नं ३, पश्चिममा माङ्सेबुङ गाउँपालिका र देउमाई नगरपालिका, उत्तरमा देउमाई नगरपालिका र माई नगरपालिका वडा नं ९ र दक्षिणमा माई नगरपालिका वडा नं. ६, ७ र ८ संग सिमाना रहेको यस वडा नं. १ को एक आफ्नो भिन्न विशेषता रहेको वडा हो | यस वडा बढी मात्रामा राई, लिम्बू, जातिहरुको बाहुल्यता रहेको भएपनि मगर, सुनुवार, श्रेष्ठ, तामाङ, क्षेत्री, ब्राम्हण, कामी, दमाई, सार्की, गुरुङ र भुजेल जस्ता जातजातिहरुको पनि बसोबास रहेको छ | किरात, इसाई, बौद्ध हिन्दु धर्म मनाउने यहाँका स्थानीयहरुको मुख्य चाडपर्वहरु दशैँ, तिहार, उधौली, उभौली, माघे सक्रान्ती र क्रिसमस पर्दछन् | आफ्नै रीतिरिवाज, संस्कृति, भाषा, भेषभूसा रहेको यस वडाका अधिकांस जनता कृषि पेशामा आबद्द छन् भने केहि मात्रामा ब्यावसायी, नोकरी जस्ता पेशामा समेत आबद्द रहेको पाइन्छ | कृषि पेशामा आधारित यस वडाको मुख्य आम्दानीको श्रोत केरा, सुपारी, अम्लिसो, बाँस, अदुवा, धान, मकै, कोदो, दाल आदि हो साथै कागती, खोर्सानी, टमाटर, सजिवन जस्ता वालीहरुको उत्पादन हुने गरेको छ भने अन्य फलफुलको उत्पादनमा प्रबल सम्भावना समेत देख्न सकिन्छ | यसका अलावा खाद्यान्नमा धान, मकै, कोदो फलफुल जन्यमा आँप, लिची, कटहर, केरा, सागसब्जी जन्यमा रायोसाग, तोरीको साग, टमाटर, खोर्सानी, आलु, तेलजन्यमा तोरी साथै पशुजन्य उत्पादनमा बाख्रा, सुङ्गुर, कुखुरा, गाई, भैँसी यहाँका प्रमुख उत्पादन हुन् | ९०% सडक सुबिधा पुगेको यस वडामा ७०० मिटर पक्कि सडक रहेको छ भने, ८७% जनताको घरमा बिजुली, ३५% जनताको घरमा स्वच्छ खानेपानीको सुबिधा पुगेको छ | खत्रक्पा, १३ कुनेसिमसार, तारेभिर, ९ कुने सिमसार, घण्टे झोलुङ्गे पुल जस्ता ठाउँ यहाँको धार्मिक तथा पर्यटकीय स्थल हुन् भने यी ठाँउहरले प्रशस्त मात्रा पर्यटकीय सम्भावना बोकेको हुनाले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न सक्ने ठाउँहरु हुन् | ९ वटा सामुदायिक वन रहेको यस वडामा सखुवा, सिमल, करम, लामपाते, साझ लगाएत अन्य रुखहरु पाइन्छ भने हर्रा, बर्रा, कुरिलो, अमला चानमारा, सजिवन आदि जस्ता औषधिजन्य वनस्पति समेत पाइन्छ भने यसको राम्रोसँग उपयोग गर्न सके आम्दानीको राम्रो स्रोत हुने देखिन्छ | धेरै जसो चुरे क्षेत्र रहेको यस वडामा माईखोला, लोदिया खोला, हिलेखोला, सानोहिले, संधुवाखोला, सुनझोडे, वाइरुपाखोला जस्ता नदि रहेका छन् भने वर्खायाममा कहिलेकाहीं क्षति समेत गर्ने गरेका छन् | ३४५७ जनसंख्या रहेको यस वडामा १ वटा मावि, ४ वटा आ.वि. गरि जम्मा ५ वटा विद्यालयहरुरहेका छन् | यस वडामा १ वटा सामुदायिक आधाभूत स्वास्थ्य केन्द्र रहेको छ जहाँ सामान्य उपचार गरिन्छ भने थप उपचार गर्नु परेमा माई नगरमा रहेको माई अस्पताल अथवा छिमेकी जिल्ला झापामा रहेका विभिन्न अस्पतालहरुमा स्थानीय जाने गरेको पाइन्छ ।
समावेश गाविस : दानावारी(८,९)
जनसंख्या : ३६२६
क्षेत्रफल(वर्ग कि.मी.) : ३४.४४
सचिव : मदन कुमार मगर (9816079602)
का.स. : कल्पना फागो (9862679129)
वडाध्यक्ष : राम बहादुर राई (९८१०२००४६५)
कार्यपालिका सदस्य : कर सिंह राइ (9842786160)
कार्यपालिका सदस्य : राजेन्द्र राई (9814084167)
वडा सदस्य : दिल कुमारी राई (9842642316)
वडा सदस्य : भगवती देवी बराइली (9815049537)
वडा सदस्य : राज कुमार लिम्बु (9863623353)
वडा सदस्य : इन्दिरा श्रेष्ठ (9824966280)
 
  
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    






