समाचार
वार्ड नं १०
माई नगरपालिकाको उत्तरी भेगमा अवस्थित साविक चिसापानी गाविसको ५,६,७ र ८ नं. वडा मिलेर बनेको माई नगरपालिका वडा नं.१० समुद्री सतह बाट अनुमानी ३०० मिटर देखी ९०० मिटर उचाईमा रहेको छ । पूर्वमा सुर्योदय नगरपालिका वडा नं.१३ र माई नगरपालिका वडा नं. ५ ,पश्चिममा माई नगरपालिका वडा नं. ९ उत्तरमा इलाम नगरपालिका वडा नं. १० र सुर्योदय नगरपालिका वडा नं.१४ र दक्षिणमा माई नगरपालिका वडा नं. ३ संग सिमाना बाँधेको वडा नं. १० को आफ्नै विशेषता रहेको छ । अधिकतम क्षेत्री,राई,मगर,वाहुन जातिको वाहुल्यता रहेको यस वडामा कामी ,दमाई ,लिम्वु र तामाङ्ग जातीको पनि वसोवास रहेको छ। हिन्दु, किरात, वौद्ध र इसाई धर्म मन्ने यहाँका स्थानीयको मुख्य चाडपर्वहरुमा दशै, तिहार, उधौलि, उभौलि आदि पर्दछन् ।आफ्नै रिति, संस्कृति, भाषा, भेषभुषा रहेको यस वडाका अधिकांश जनता कृषि तथा पशुपालन पेशामा आवद्ध छन् भने केही मात्रामा व्यावसाय, नोकरी र वैदेशिक रोजगारी जस्ता पेशामा समेत आवद्ध रहेको देख्न सकिन्छ । कृषि पेशामा आधारित यस वडाको आम्दानीको मुख्य स्रोत अलैची, अमृसो, केरा, सुपारी, दुध हो भने छुर्पी, घिउ जस्ता दुध जन्य चिजहरुको उत्पादनको प्रवल सम्भावना समेत देख्न सकिन्छ । यसका अलावा खाद्यान्नमा धान, मकै, कोदो फलफुल जन्यमा नासपाती, लिचि, आप, कटर, पशुजन्य उत्पादनमा दुध, दहि, घ्यु यहाँका प्रमुख उत्पादन हुन् । करिव ८०% क्षेत्रमा सडक सुविधा पुगेको यस वडामा कुनै पनि सडक पक्की छैन भने करिव ८०% क्षेत्रमा जनताको घरमा बिजुली र करिव ६० % जनताको घरमा स्वच्छ खानेपानी सुबिधा पुगेको छ । शिवपञ्चायन मन्दिर धारापनी, सेती देवी लुम्वाक र जलसिंह मन्दिर लुम्वक आदि यहाँका धार्मिक पर्यटकीय स्थल हुन् भने पर्यटन पर्वद्धनको पनि प्रचुर सम्भावना रहेको छ । पालिकामा भएका मध्ये ४ वटा सामुदायिक वन रहेको यस वडामा साल , सिसौ, सिमल जस्ता रुखहरु पाइन्छन् भने चिराइतो जस्ता औषधिजन्य वनस्पतिको सहि उपयोग गर्न सके आम्दानीको राम्रो श्रोत हुनेमा दुइमत रहन सक्दैन । अधिकांस चुरे क्षेत्रको माथिल्लो क्षेत्रमा रहेको यस वडामा लेवा, लोदिया र खाल्टे जस्ता खोलाबाट वर्खा याममा आउने वाडीले कहिले काहि क्षति समेत गर्ने गरेको छ भने खेती योग्य जमिनमा सिचाई सुविधा प्रचुर सम्भावना रहेको छ । करिव ३६०० जनसंख्या रहेको यस वडामा १ वटा मावि र २ वडा आधारभुत विद्यालय र १ वटा निजि गरी जम्मा ४ वटा विद्यालय रहेका छन् । यस वडाको धारापानीमा रहेको धारापानी आधारभुत स्वास्थ्य केन्द्रमा प्राथमिक तथा समान्य प्रकृतिका रोगहरुको उपचार गरिन्छ भने यस भन्दा माथिको उपचार गर्नु परेमा माई नगरपालिकामा रहेको माई अस्पताल ,सुर्योदय नगरपालिकाको फिक्कल र झापाको विर्तामोडमा रहेका विभिन्न अस्पतालमा स्थानीय जाने गरेको पाइन्छ ।
समावेश गाविस : चिसापानी(५-८)
जनसंख्या : २७३५
क्षेत्रफल(वर्ग कि.मी.) : १९.५६
वडाध्यक्ष : गणेश राई (९८६९३८३९८७)
सचिव : कल्पना देवी खतिवडा (9863774335)
का.स. : प्रकाश अधिकारी