FAQs Complain Problems

वार्ड नं ८

माई नगरपालिकाको पश्चिम दक्षिण भेगमा अवस्थित साविक महमाई गाविसको  वडा नं. ८ र ९ मिलेर बनेको माई नगरपालिका वडा नं. ८ , समुन्द्री सतहबाट करिब १२५ मीटर देखि करिब १३० मि. उचाईमा रहेको छ | पूर्वमा माईखोला, पश्चिममा कमलखोला, उत्तरमा माई नगरपालिका वडा नं. ७ को सिमाना र दक्षिणमा शिवसताक्षी न.पा. १० झापा संग सिमाना बाँधेको वडा नं. ८ को आफ्नै विशेषता रहेको छ | अधिकतम राई, लिम्बु, तामाङ, क्षेत्री जातिको बाहुल्यता  रहेको यस वडामा शेर्पा, माझी, कुमाल, मगर, बाहुन जातजातिको पनि बसोबास रहेको छ । हिन्दु, बौद्ध, किराँत, इसाई धर्म मनाउने यहाँका स्थानीयको मुख्य चाडपर्वहरुमा दशै तिहार, ल्होछार, साकेला, क्रिसमस  पर्दछन् | आफ्नै रिति, संस्कृति, भाषा, भेषभूसा रहेको यस वडाका अधिकांस जनता कृषि पेशामा आबद्द छन् भने केहि मात्रामा व्यापार, रोजगार र वैदेशिक रोजगार जस्ता पेशामा समेत आबद्द देख्न सकिन्छ | कृषि पेशामा आधारित यस वडाको आम्दानीको मुख्य श्रोत अम्लिसो, केरा, बाँस हो भने बाँसजन्य सामाग्री जस्ता चिजहरुको उत्पादनको प्रबल सम्भावना समेत देख्न सकिन्छ  | यसका अलावा खाद्यान्नमा धान, मकै, कोदो फलफुल जन्यमा केरा,लिचि सागसब्जी जन्यमा हरियो सागपात तेलहन/दलहन जन्यमा तोरी, सरसिउ, फिलिङ्गे, तिल पशुजन्य उत्पादनमा राँगा,भैसी, सुँगुर, गाई गोरु, बाख्रा यहाँका प्रमुख उत्पादन हुन् |  ८० % सडक सुबिधा पुगेको यस वडामा  पक्कि सडक छैन भने, ८० % जनताको घरमा बिजुली,  ६०% जनताको घरमा स्वच्छ खानेपानीको सुबिधा पुगेको छ | गुम्बा, जोरपोखरी, माङ्हिम जस्ता ठाउँ यहाँको धार्मिक पर्यटकीय स्थल हुन् भने मैनाचुली पाथिभरा, दोमुखा, एक्ले चुली, थाम डाडा जस्ता ठाउहरु आन्तरिक लगायत बाह्य पर्यटनलाई आकर्षण गर्न सक्ने ठाउँहरु हुन् | पालिकामा भएका मध्ये १२ वटा सामुदायिक वन रहेको यस वडामा  साल, अस्ना, कर्मा, बोध, चिलाउने जस्ता रुखहरु पाइन्छ भने कुरिलो, चाँदमरुवा, हर्रा, बर्रा, अमला जस्ता औसधिजन्य वनस्पतिको सहि उपयोग गर्न सके आम्दानीको राम्रो श्रोत हुनेमा दुइमत रहन सक्दैन | अधिकांस चुरे क्षेत्र रहेको यस वडामा  चेपे, राते, संङ्लो, मंङ्लो, लालखोला जस्ता खोला छन् भने  वर्खा याममा आउने बाढीले कहिले काहीं क्षति समेत गर्ने गरेको छ | ३९१५ जनसंख्या रहेको यस वडामा १ वटा मावि, ४  वटा आ.वि. र २ वटा निजि गरि जम्मा ६ वटा विद्यालय रहेका  छन् | यस माई न.पा. ८ मा रहेको  श्री आधारभुत स्वास्थ्य केन्द्रमा सामान्य उपचार गरिन्छन भने  यस भन्दा माथिको उपचार गर्नु परेमा माई नगरमा रहेको माई अस्पताल अथवा छिमेकी जिल्ला झापामा रहेका विभिन्न अस्पतालमा स्थानीय जाने गरेको पाइन्छ |

समावेश गाविस         : महमाई(८,९)

जनसंख्या                  :  ३९१५

क्षेत्रफल(वर्ग कि.मी.)   : ४९.८४

वडाध्यक्ष                   :  अमृत बहादुर मोक्तान (९८४२७७४४८९)

सचिव                       :           कैलाश मल्ल (९८४४६३०६८२)

का.स.                       :    दावा शेर्पा (9807914745)

Ward Contact Number: 
9807914745