समाचार
वार्ड नं ९
माई नगरपालिका अन्तर्गतको वडा नं ९ , साबिकको चिसापानी गा.वि.स. वडा नं. १,२,३,४ र ९ मिलेर बनेको हो भने हाल वडा कार्यालय चिसापानी स्थित देउराली टोलमा अवस्थित छ । पूर्वमा र उत्तरमा माई न.पा. वडा नं १०, पश्चिममा इलाम नगरपालिका वडा नं. ११ र देउमाइ नगरपालिका वडा नं.७ ,दक्षिणमा माई नगरपालिका वडा नं १० र ३ संग सिमाना बाधेको वडा नं ९ को क्षेत्रफल १९.५६ वर्ग किलो मिटर छ भने २६९२ जनसंख्या छ । समशितोष्ण हावापानी पाइने यस वडामा बाहुन, क्षेत्री, राई, लिम्बु, तामांग, दलित लगायतका मानिसहरु बसोबास गर्दछन् भने हिन्दु, बुद्दिष्ट, किराँत,क्रिस्चियन आदि धर्म मान्ने गरेका छन् । बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक भएर पनि एकतामा रमाएर बस्न सक्ने यहाका बासिन्दाका मुख्य आय श्रोत भनेको कृषि तथा पशुपालन, श्रम हो । देशकै पुरानो चिया कमान मध्येको मानिने सोक्तिम चिया कमान पनि यहि वडा अन्तर्गत पर्दछ । सानिमा हाइड्रो पावर , गुनमुने खेल मैदान , सोक्तिम चिया बगान यहाँका मुख्य आकर्षणका केन्द्र हुन् ।
समावेश गाविस : चिसापानी(१-४,९)
जनसंख्या : २६९२
क्षेत्रफल(वर्ग कि.मी.) : १९.५६
वडाध्यक्ष : लिला कुमार राई (९८०७९९६३८४)
सचिव : सन्दिप राई (9801866050)
का.स. :